सर्लाही,२४ चैत्र । महोत्तरीको एकडारा गाँउपालिका- ५ स्थित बखरी चौक नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ ।

मंगलबार बर्दिवास जलेश्वर सडकखण्ड अन्तर्गत बखरी चौकमा  दुर्घटना हुँदा एसईई परीक्षा दिएर घरतर्फ जाँदै गएको ३ विद्यार्थीको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक हेरेम्ब शर्माले जानकारी दिए । उनका अनुसार ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । घटनास्थलबाट तीन जनाको प्रवेश पत्र भेटिएको छ ।

घाइतेहरूको अस्पतालमा उपचारको लागि पठाइएको छ । घटनाको सम्बन्धमा विस्तृतमा आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *