सर्लाही,२६ चैत्र । उपसभामुखमा उम्मेदवारी दिने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद देखिएको छ । यसअघि पार्टीले उम्मेदवारी दिने स्थिति बन्दा खुश्बु ओलीलाई अघि सारिने सहमति बनेको चर्चा चलेको थियो । 

तर अन्तिम अवस्थामा राप्रपा नेताहरूले सरस्वती लामालाई अगाडि सार्न खोजेका छन् । यो चाल थाहा पाएपछि खुश्बुले पनि दाैडधुप बढाएकी छन् । 

उनी बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहभागी भएकी थिइन् । तर उपसभामुखमा लामालाई अगाडि सार्ने थाहा पाएपछि उनी समिति बैठक छोडेर पार्टी बैठकमा हिँडेकी छन् । 

राप्रपाले उपसभामुमा समर्थन गर्न रास्वपासँग संवाद गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *