सर्लाही,२७ चैत्र । नेपाली कांग्रेसको देउवा समूहले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ ।
कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट श्रवणकुमार श्रेष्ठले पार्टीको आधिकारिकताको विवाद नटुङ्गिँदासम्म पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्न मागसहित बुधबार रिट दायर गरेका थिए । उक्त रिटको पेसी आजका लागि तोकिएको छ ।
नेपाली कांग्रेसमा दोस्रो विशेष महाधिवेशनपछि पार्टीको आधिकारिकताको विवाद चलिरहेको छ । निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वलाई आधिकारिता दिएको थियो । तर, आयोगको सो निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवाको समूह सर्वाेच्च अदालत गएको थियो । सर्वाेच्चमा अदालतमा आधिकारिकताको विवादसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ ।
कांग्रेसको नयाँ नेतृत्वको पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका तय गरेको छ । यद्यपि, देउवा समूह पार्टीको आधिकारिकताको विवाद नटुङ्गिएसम्म सो कार्यतालिका कार्यन्वयन गर्न नहुने पक्षमा उभिएको छ ।
यस्तो छ निवेदनको ब्यहोरा :




