सर्लाही,२७ चैत्र । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस  सडकबाट तल खस्दा २६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए। 

दुर्घटना लगत्तै प्रहरीले यात्रुको उद्धार गरेको थियो। 

घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *