सर्लाही,२७ चैत्र । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेसविरुद्ध ब्याटिङ थालेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जित्दै मधेसका कप्तान अनिल साहले बागमतीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

सुरुवाती ब्याटिङ गर्न मैदानमा उत्रिएको बागमतीले १० ओभरमा दुई विकेट गुमाएर ४० रन जोडेको छ । बागमतीका आशुतोष घिरैया १८ रन र शुभ कंशकार एक रन बनाएर आउट भएका छन् ।

आशुतोषलाई आदिल आलम र कंशकारलाई प्रदिप पासवानले आउट गरेका हुन् । यतिबेला बागमतीका रिङ्गजिङ लामा र विवेक मगर क्रिजमा छन् । जारी प्रतियोगितामा मधेस ९ अङ्कका साथ चौथो स्थानमा छ भने बागमती ६ अङ्कसहित सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *