सर्लाही, २८ चैत । सर्लाहीकाे ब्रहम्पुरी गाउँपालिका-४ मा स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका-४ का २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका-१ का ४१ वर्षीय शिव नारायण महतो रहेका छन् ।

उनीहरूलाई स्रोत नखुलेको नगद ८ लाख रुपैयाँसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *