सर्लाही,३० चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक आगामी २ वैशाखमा पार्टी मुख्यालय सानेपामा बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले जानकारी दिए ।
कांग्रेसको संसदीय दलको नेता चयन गर्न सोही दिनलाई निर्वाचन समितिको बैठक पनि राखिएको छ । कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको नेता चयन र समसामयिक विषयमा छलफल हुनेछ ।
