सर्लाही,३० चैत्र । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।
सोमबार भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणलगायतका विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ ।
