एआई द्धारा तयार गरिएको तस्वीर ।

सर्लाही, ०३ बैशाख । सर्लाही सदरमुकाम मलंगवामा ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेट (भेप्स) प्रहरीले बरामद गरेको छ ।

मलंगवा नगरपालिका-३ डुमरिया टोलस्थित शत्रुधन साहको घरमा डेरा गरी बस्दै आएका सोही वडाका मोहम्मद फकिरा सेखका २० वर्षीय छोरा मोहम्मद सबिर सेखले भेप्स लुकाई-छिपाई राखेको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको हो ।

खानतलासीका क्रममा प्रहरीले ११ कार्टुनमा राखिएको १,१०० थान भेप्स बरामद गरेको जनाएको छ । बरामद गरिएको भेप्सको अनुमानित मूल्य ३३ लाख रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले भेप्ससहित मोहम्मद सबिर सेखलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि कार्यालयमा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *