सर्लाही,३ वैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले बजेटमा सोहीअनुसार निर्माण हुने बताएका हुन् ।उनले सरकारको नियमित बजेटभन्दा बाहिरबाट पनि विकास निर्माणको काम कसरी छिटो गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको सुनाए ।

उनले ठूला-ठूला सडक आयोजना तथा निर्माणहरू निजी क्षेत्रलाई जिम्मा लगाएर पनि गर्न सकिने बताए ।

उनले यी काम गर्दा मात्रै अर्थतन्त्र १०० अर्बको बनाउन सकिने उल्लेख गरे ।
‘७ प्रतिशत आर्थिक वृद्धिदर बनाउन सके मात्रै ५-७ वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ । १०० अर्ब डलरको शान नै अर्को हुन्छ नि देशको,’ उनले भने ।

उनले यसपटकदेखि नीतिगत रुपमा कब्जाको युग सकिएको पनि बताए । ‘नीतिगत कब्जाको युग अब सकियो । सबैजना माथि जाने योजना ल्याउने हो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *