सर्लाही,७ वैशाख । नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँमाथिको सामान आयातमा भन्सार शुल्क लगाउने नीतिविरुद्ध पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य महावीर पुनले विरोध जनाएका छन् ।

पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘भारतबाट सामान ल्याउँदा १०० रुपैयाँभन्दा बढीको कुनै पनि सामान ल्याउँदा सिमानामा भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यवहारिक र अन्यायपूर्ण छ ।’

पुनले सीमा क्षेत्रमा ‘शदियौँदेखि चल्दै आएको’ चलनमा भन्सार लगाउनु गतल भएको उल्लेख गरेका छन् ।

mahabir-1776669881.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *