सर्लाही, ०८ बैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहले अपराह्न साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् ।
पछिल्लो समय गृहमन्त्री सुधन गुरुङमाथि बिचाैलियासँग साँठगाँठ गरेको आरोप लागेपछि उनले राजीनामा गर्नुपर्ने दबाब बढिरहेको छ । प्रधानमन्त्री शाहले गृहमन्त्रीसँग स्पष्टीकरण पनि लिएको चर्चा छ ।
यही सेरोफेरोमा गृहमन्त्रीले राजीनामा दिने मनसाय बनाएको खबर आइरहेका बेला प्रधानमन्त्रीले क्याबिनेट बोलाएका हुन् । गुरुङ आजको बैठकमा सहभागी हुने–नहुनेमा आमचासो छ ।
