सर्लाही, ०८ बैशाख । चालू आवको नौ महिनामा दुई खर्ब २२ अर्बको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा एक खर्ब ८८ अर्बको मात्रै निर्यात भएको थियो । अर्थात्, निर्यात १८.४६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा १२ खर्ब ७९ अर्बको व्यापार घाटा भएको देखिन्छ । 

यस अवधिमा ९० अर्ब ७१ करोडको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ । १० अर्ब ७० करोडको ठुलो अलैँची निर्यात गरिएको छ ।

सात अर्ब ४४ करोडको ऊन वा जनावरको रौँबाट बनेका कार्पेट र ६ अर्ब ९४ करोडको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । 

त्यस्तै, पाँच अर्बको मात्रै पाम तेल बाहिरिएको छ। जुट वा अन्य बास्ट फाइबरबाट बुनेका कपडाहरू चार अर्ब ७९ करोडको भित्रिएको छ । तीन अर्ब ९६ करोडको मात्रै फेल्ट निर्यात भएको छ । 

८५ प्रतिशतभन्दा कम पोलिस्टर भएको धागो तीन अर्ब ७१ करोडको निर्यात भएको छ । ८५ प्रतिशत वा सोभन्दा बढी पोलिस्टर भएको धागो तीन अर्ब ४७ करोडको बाहिरिएको छ ।

तीन अर्ब २३ करोडको मात्रै कुकुर वा बिरालोको खाना निर्यात भएको छ । दुई अर्ब ७६ करोडको ऊन वा राम्रो जनावरको रौँबाट बनेका सल, स्कार्फ, मफलर तथा घुम्टो निर्यात भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *