President Donald Trump speaks during the National Prayer Breakfast, Thursday, Feb. 5, 2026, in Washington. (AP Photo/Evan Vucci)

काठमाडौं, ०९ बैशाख । अमेरिकाले इरानमाथि आर्थिक दबाब कायम राख्ने क्रममा १४ व्यक्ति, संस्था र विमानमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने घोषणा गर्नुअघि नै यो कदम चालिएको बीबीसीले जनाएको छ ।

अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको अफिस अफ फरिजन एसेट्स कन्ट्रोल (ओएफएसी)ले इरान, टर्की र यूएईमा आधारित ती समूहहरूलाई इरानका लागि हतियार वा हतियारका पार्टपुर्जा खरिद तथा ढुवानीमा संलग्न भएको आरोपमा प्रतिबन्ध लगाएको जनाएको छ ।

यस प्रतिबन्धअनुसार ती संस्था वा व्यक्तिको अमेरिकामा रहेको सम्पत्ति जफत गरिनेछ भने अमेरिकी नागरिक वा अमेरिकाभित्र रहेका अन्य व्यक्तिहरूलाई उनीहरूसँग कुनै पनि आर्थिक कारोबार गर्न निषेध गरिएको छ ।

अमेरिकाका अनुसार यी समूहहरूले इरानलाई ड्रोन र ब्यालिस्टिक मिसाइल निर्माण क्षमता पुनर्स्थापना गर्न सहयोग गरेका थिए, जुन हालै अमेरिकी र इजरायली आक्रमणपछि कमजोर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *