सर्लाही, १० बैशाख । नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्रप्रसाद सिंह र नेता गजेन्द्र साहलाई सर्लाही जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

गएको वर्ष बसबरियामा भएको विवादको घटनालाई लिएर सिंह, साहसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भई पक्राउ पुर्जी जारी भएको थियो ।

आफै अदालतमा उपस्थित भएका सिंहलाई एक लाख र साहलाई १० हजार रुपैयाँ धरौटी लिएर अदालतले हिरासतमुक्त गरेको हो ।

कांग्रेस नेता साहले आफूहरु निर्दोष हुँदाहुँदै राजनीतिक प्रतिसोध साँधेर प्रतिवादी बनाई पक्राउ पुर्जी जारी गरिएको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *