सर्लाही, १० बैशाख । सरकारले सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालय, विभाग, कार्यालय, निकाय र स्थानीय तहहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

‘तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु–गराउनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

मन्त्रालयले प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी, प्रमाणित गरी सो अभिलेख कार्यालयमा सुरक्षित राख्नसमेत निर्देश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *