एआईबाट तयार गरिएको सांकेतिक फोटो ।

सर्लाही, १० बैशाख । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका प्रहरी इकाइहरूले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका विभिन्न सरसामान नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छन् ।

प्रहरीका अनुसार सर्लाहीको गोडैता नगरपालिका–१२ पश्चिम टोलस्थित क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी टाउकोमा बोकेर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको ११ थान प्लास्टिकका त्रिपाल बरामद गरेको छ । उक्त त्रिपालको अनुमानित मूल्य रु ११,००० रहेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै ब्रह्मपुरी गाउँपालिका–७ कदम चोकमा चेकजाँचका क्रममा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको १०० किलोग्राम चिनी र ९ पिस डिउ बरामद गरेको छ । बरामद सामानको मूल्य पनि करिब रु ११,००० रहेको छ । उक्त सामग्रीसमेत आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।

बरामद गरिएका सम्पूर्ण सामग्रीको कुल मूल्य रु २२,००० रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *