सर्लाही, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ ।
नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐनका आधारमा नेपाल मेडिकल काउन्सिलले निर्णय गरी नाम दर्ता सूचीबाट हटाइएको काउन्सिले जानकारी दिएको छ ।
उनीहरूले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका कारण दर्ता किताबबाट नाम दर्ता खारेजी गरिएको काउन्सिलले उल्लेख गरेको छ ।
यसरी नाम हटाइनेमा बेलायत, अमेरिका, क्यानडा, हङकङ, अस्ट्रेलिया, पोर्चुगल र भारतको राहदानी लिएका चिकित्सकहरु रहेका छन् ।

