सर्लाही, १४ बैशाख । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार ‘केही नेपाल ऐन संशोधन–२०८३’ अध्यादेश जारी गर्ने तयारी गरिएको हो ।

संवैधानिक प्रावधानलगायतका विषयलाई केन्द्रित गरी उक्त अध्यादेश ल्याउन लागिएको हो । आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।

सो बैठकबाट अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी रहेको जनाइएको छ । सरकारले सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नेछन् ।

‘अध्यादेशका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर कानुन मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ,’ स्रोतले भन्यो, ‘केही नेपाल ऐन संशोधन–२०८३ मार्फत अत्यावश्यक कानुनी संशोधनका विषय समावेश गरिएका छन् । सोही विषयमा आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।’

यसअघि आह्वान भइसकेको संसद बैठक पुनः स्थगित गरिएको सूचना सार्वजनिक भएसँगै अध्यादेश ल्याउने सरकारी तयारीको चौतर्फी आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *