सर्लाही, १४ बैशाख । प्रतिनिधि सभाअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।
अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी काम कारबाहीसम्बन्धी छलफल हुनेछ ।
त्यस्तै, बिहान साढे ११ बजे पनि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
