सर्लाही, १५ बैशाख । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको नौ महिनासम्ममा २५ रुपैयाँ ५ पैसा रहेको यस्तो आम्दानी चालू आवको सोही अवधिमा बढेर ३३ रुपैयाँ २ पैसा पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । चालू आवको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३७ करोड पुगेको छ । जुन गत आवमा यस्तो मुनाफा २ अर्ब ८७ करोड रुपैयाँ थियो । बैंकको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा छ भने निष्क्रिय कर्जा ४.३७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *