सर्लाही, १५ बैशाख । पूर्वगृहन्त्री ओमप्रकाश अर्यालले सरकारको नेतृत्व (प्रधानमन्त्री)लाई शासनकर्ता नभएर सहजकर्ताको भाव राख्न सुझाव दिएका छन् । उनले विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै सरकारको नेतृत्वकर्तालाई सामाजिक सञ्जालमार्फत सो सुझाव दिएका हुन् ।
अर्यालले लेखेका छन्, ‘विधिमार्फत थिति बसाल्ने जिम्मा दिएकाे हाे । शासनकर्ता हाेइन, सहजकर्ताकाे भाव राखाैँ । शास्त्र भन्छ– मानवजीवात्मा पनि परमात्माकै अंश हाे ।’
अर्यायलले यसअघि पनि प्रधानमन्त्री वालेन्द्र शाहलक्षित स्टाटस लेखेका थिए । जसमा उनले ‘रुल अफ ल’ र ‘रुल बाई ल’बीच तात्त्विक फरक भएको जनाएका थिए ।
उनले शुक्रबार लेखेका थिए, ‘रुल अफ ल र रुल बाई लबीच तात्त्विक फरक छ । सुशासनको जग बसाल्न रुल अफ लकाे जगेर्ना गराैँ । दिशाबाेध हाेस्, तत्त्वबाेध पनि हाेस् ।’
