सर्लाही, १६ बैशाख । गाडी गुड्न तयार भएको सिस्नेखोला–नागढुंगा सुरुङमार्ग । अब पश्चिम प्रवेशद्वारमा टोल फी गेट निर्माण र पहिरो नियन्त्रणको काम अन्तिम चरणमा छ ।
जापानको ऋण तथा प्राविधिक सहयोगमा निर्माण भएको र चिनियाँ कम्पनीले सञ्चालन गर्ने निश्चित भएको सुरुङमार्गमा वैशाख अन्तिम सातादेखि परीक्षणका रूपमा गाडी गुड्नेछन् र साउनदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउनेछ ।
काठमाडौं भित्रिँदा कार तथा भ्यानलाई ६५, मिनीबस तथा ट्रकलाई ११५, ठुला बस तथा ट्रकलाई २६० र भारी उपकरणलाई ६०० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै, काठमाडौंबाट बाहिरिँदा कार तथा भ्यानलाई ६०, मिनीबस तथा ट्रकलाई ८०, ठुला बस तथा ट्रकलाई २०० र ठुला उपकरणलाई २५० रुपैयाँ शुल्क तोकिएको छ ।
