काठमाडौं, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौँ आउँदै छन् ।
राष्ट्रपति ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने नेपाल भ्रमणका लागि आउन लागेको हो ।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्ने योजना बनाएका छन् । तर हालसम्म उक्त भेटघाट निश्चित भइसकेको छैन ।
गोरले यसअघि बंगलादेश, भुटान, श्रीलंकालगायत देशको भ्रमण गरी त्यहाँका राष्ट्र प्रमुखहरूसँग भेट गरिसकेका छन् ।नेपालमा भने प्रधानमन्त्रीसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग गोरको भेटघाट तालिका निश्चित भएको छ ।
