सर्लाही, १८ बैशाख । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित पन्दुबा पोखरीमा एक युवकको शव फेला परेको छ ।
मलंगवा नगरपालिका -४ को वडा कार्यालयको दक्षिणतर्फ अवस्थित उक्त पोखरीमा आज एक व्यक्तिको शव देखिएको हो ।
प्राप्त जानकारीअनुसार मलंगवा–३ निवासी अनवर मिकारानीका करिब २५ वर्षीय छोरा महबुब मिकारानीको शव उक्त पोखरीमा फेला परेको हो ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
