काठमाडौं, २० बैशाख । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने भएको छ । निर्वाचन आयोगले २१ मेमा फेरि भोटिङ गराउने निर्णय गरेको हो ।

न्यूज एजेन्सी पीटीआईका अनुसार २९ अप्रिलमा भएको मतदानमा ‘गम्भीर गडबडी’ भएको र लोकतान्त्रिक प्रक्रियालाई बिगार्ने घटना भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले फेरि मतदानको आदेश दिएको हो ।

आयोगले यो निर्णय मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी र निर्वाचन पर्यवेक्षक लगायतको रिपोर्ट हेरेर पुन: निर्वाचन गर्नुपर्ने निर्णयमा पुगेको हो ।

पर्यवेक्षकहरुको रिपोर्टमा ‘मतदाताहरुलाई डर धम्की दिइएको र बुथहरुमा गैरकानुनी उपस्थिति जस्ता घटना देखिएको उल्लेख छ ।

त्यसैले आयोगले फल्टा विधानसभा सिटका सबै मतदान केन्द्रमा २१ मईको दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म पुन: मतदान गर्न निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ ।

पुन: गडबडी हुन नदिन पर्याप्त सुरक्षा प्रबन्ध मिलाउन, चुनाव प्रक्रियाभर भिडियो रेकर्डिङ गर्न र आफैंले पनि निगरानी गर्न आयोगले भनेको छ ।

निर्वाचनपछि मतगणना २४ मेदेखि सुरु गर्ने तयारी छ ।

२३ अप्रिल र २९ अप्रिलमा भएका विधानसभा निर्वाचनको नतिजा भने ४ मेको दिन सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *