सर्लाही, २० बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नुपर्ने दायित्व सबैको भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सो कुरा बताएका हुन् ।
‘प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो । सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बनेको भनाइ छ । ‘कतिपय अवस्थामा देखिने असुरक्षा रदबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान’, थापाले अगाडि लेखेका छन् ।
