सर्लाही, २१ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।

पहिलो बैठक भएको र विभागीय मन्त्रीको उपस्थितिमा बैठक बस्नुपर्ने आवाज विपक्षी दलका सांसदहरूले उठाएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग समितिको कार्यक्षेत्रभित्र पर्छन् ।

समिति बैठक मन्त्री नभई बस्ने परम्परा नरहेको र समितिको कार्यक्षेत्र पर्ने प्रधानमन्त्री र मन्त्री आउन नसक्ने भएपछि स्थगित गरिएको समिति सचिव कान्छा दुलालले जानकारी दिए ।

‘पहिलो बैठक पनि हो । सभापतिलाई समितिका सदस्यहरूले बधाई दिने कार्यक्रम पनि भएको छैन । समितिमा मन्त्री नभई नबस्ने परम्परा छ ।

हाम्रो कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, रक्षा प्रधानमन्त्री माताहतमा छ,’ दुवालले शिलापत्रसँग भने, ‘प्रधानमन्त्रीज्यू, आउनसक्ने अवस्था रहेन । विभागीय मन्त्री नभएपछि बैठक नबस्ने भन्न कुरा आएपछि स्थागित गरिएको हो ।’

बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *