सर्लाही, २३ बैशाख । २०८३/०८४ सालको बजेट तर्जुमा अगावै पूर्व बजेट छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्रीले आफ्ना सांसदहरुसँग छलफल गर्ने भएको छ ।
बुधबार अपरान्ह्र ४ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुन लागेको छ ।
छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने छ ।
