सर्लाही, २४ बैशाख ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीलाई अनुरोध गरेको छ ।

बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उपाध्यक्ष नियुक्तिका लागि ऐनको दफा २३ बमोजिम सिफारिस प्रक्रिया अघि बढउन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न लोकसेवा आयोगको अध्यक्षको संयोजकत्वमासरकारको मुख्य सचिव वा निजले तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र चिकित्सा क्षेत्रका प्राध्यापकहरू मध्येबाटसरकारले तोकेको महिला एक जना गरी ३ सदस्य समिति रहने प्रावधान छ ।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ बमोजिम चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *