सर्लाही, २५ बैशाख । २१ फागुन २०८२ को संसदीय चुनावमा २ सयभन्दा बढी धम्की आएकाे निर्वाचन पर्यवेक्षण समिति नेपालले गरेको अनुसन्धान प्रतिवेदनले उल्लेख गरेको छ ।

समग्रमा शान्तिपूर्ण निर्वाचन भएता पनि विभिन्न धाकधम्कीका घटनाको रेकर्ड प्रतिवेदनमा राखिएको छ । प्रतिवेदनका अनुसार धम्कीका घटना ३१ रेकर्ड भएका छन् भने डर, त्रास र हिंसाका घटना १७४ वटा रेकर्ड भएका छन् ।

राजनीतिक दुरुपयोगका १८ घटना देखिएको छ भने मत खरिदका ३० घटना रेकर्ड भएका छन् ।

यस्तै, निर्वाचनका विवाद र झगडाका घटना ५६ वटा रेकर्ड भएका छन् । प्रतिवेदनमा ‘अनुगमन संयन्त्र क्रियाशील भएर पनि कार्यान्वयन तहमा कमजोर देखियो,’ भनिएको छ भने मतदाता शिक्षाको कमी, डिजिटल युगसँग मेल नहुने कानुनी संरचनालगायत निर्वाचनगत कमजोरीलाई पनि प्रतिवेदनमा औँल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *