सर्लाही, २६ बैशाख । जलमार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच गोली हानाहान हुँदा एउटा भारतीय जहाज समुद्रमा डुबेको छ ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार दुई देशबिचको झडपमा गुजरातको एक मालवाहक जहाज डुबेको हो । जहाज गुजरातको द्वारका जिल्लास्थित सलायाको थियो ।

जहाज दुर्घटनामा भारतीय चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको छ भने बाँकी १७ जनालाई उद्धार गरिएको छ ।

भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले उक्त जानकारी दिएका हुन् । उनले दुबईस्थित भारतीय दूतावासलाई सहयोगका लागि इमेल पनि पठाएका छन् ।

कार्गो जहाज एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई दुबईबाट यमनको मुकाल्ला बन्दरगाहमा कार्गो बोकेर जाँदै थियो ।

जहाजमा एक बन्दुकधारीसहित चालक दलका १८ सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *