काठमाडौँ, २८ बैशाख । भारतीय बजार जोगबनीदेखि बिराटनगर हुँदै संखुवासभाको किमाथांका भएर चीनसम्म पुग्ने छोटो मार्गको १ सय ६२ किलोमिटरमध्ये १०.८ किलोमिटर क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्ने काम पूरा गरेको छ । पहिलै भइरहेकोसडकमा स्तरोन्नती पनि गरिएको छ ।

आयोजनाका अनुसार भौगोलिक रुपमा बिकट, चट्टानको पहरा भएको स्थानमा सेनाले स्तरोन्नतीको काम पूरा गरेको हो । निर्माण कार्यका लागि हेलिकोप्टरमार्फत् समेत सामान ढुवानी गरिएको थियो ।

चैनपुरदेखि संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे काम यसअघि नै सम्पन्न भइसकेको छ । चिनियाँ क्षेत्रबाट निर्माण सामाग्री र कामदार ल्याइएको आयोजनाले जनाएको छ ।

२०६० सालमा नेपाल र चीनबीच किमाथांका नाका खुला गर्ने सहमति भएको थियो । नेपाली भूमि भएर भारत–चीन जोड्ने यो छोटो मार्ग हो । सप्तकोशी पूर्व चीन र नेपाललाई जोड्ने अहिलेसम्म दुई वटा नाका छन् । ती मध्ये एउटा किमाथांका हो ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *