सर्लाही, २८ बैशाख । सरकारले पुष्पलाल मध्यपहाडी राजमार्गसँगै हुलाकी राजमार्गको उत्तर–दक्षिण राजमार्गसँगै अरु राष्ट्रिय राजमार्गहरूको तीव्र गतिमा स्तरोन्नति गर्ने बताएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो बताएको हो ।
यसैगरी, काठमाडौं–तराई द्रूतमार्ग तथा यसका लिंक सडकमार्गहरूको निर्माण कार्य शीघ्र सम्पन्न गर्ने समेत सरकारले बताएको छ । सबै पालिकाहरुलाई १२ महिना सञ्चालन हुने स्थायी सडक सञ्जालसँग जोड्ने सरकारले उद्घोष गरको छ ।
