सर्लाही, २८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदकाे संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृति गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद् बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
संघीय संसदकाे बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।
