सर्लाही, २८ बैशाख । सरकारले राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइको रूपमा विकास गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत सुदृढ गर्दै अनुसन्धान, अभियोजन र कारबाही प्रणाली प्रभावकारी बनाउने उनले बताए ।
सोही नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद, राजस्व र प्रशासनिक प्रक्रियालाई पारदर्शी र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बनाइने पनि बताए ।
डिजिटल अडिट प्रणालीको विकास गरी जोखियुक्त क्षेत्र पहिचान गरी भ्रष्टाचारमुक्त समाजको विकास गर्ने सरकारले जनाएको छ ।
