सर्लाही, २९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले गएराति २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । 

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउनेसमेत व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले विज्ञप्ति जारी गर्दै विद्यार्थीले अनलाइनमार्फत नै पुनर्योगका लागि आवेदन दिन सक्ने जनाएका छन् ।

पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । 

पुनर्योगका साथै विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने बोर्डले जनाएको छ ।

परीक्षामा १ लाख ४६ हजार विद्यार्थी ननग्रेडेड भएका छन् ।

एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने  बोर्डले जनाएको छ ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । दुईभन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *