सर्लाही, ३० बैशाख । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टकाे राजीनामा आएको पुष्टि गरे ।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *