सर्लाही, ३० बैशाख ।  सर्लाहीको सदरमुकाम मलंगवामा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–१० निवासी रंजित यादवको निर्माणाधीन चारतल्ले पक्की घरमा काम गरिरहेका दुई मजदुरको छतसहित जमिनमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार आज (बुधबार) अपराह्न करिब पौने ५ बजेतिर मलंगवा नगरपालिका–२ निवासी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी ४० वर्षीय राजकिशोर यादवको छतबाट खसेर मृत्यु भएको हो । उनीहरू पानी ट्यांकी राख्नका लागि बनाइएको ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा जमिनमा खसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *