सर्लाही, ३१ बैशाख । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरूलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
आयाेगले बिहीबार एक सूचना जारी गर्दै एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन भनेकाे हाे ।
आयोगले आफू र परिवारका सदस्यहरूको नेपाल र विदेशमा रहेको सम्पत्तिको विवरण बुझाउन आग्रह गरेको छ । सूचनाअनुसार २०६२ सालयताका सार्वजनिक पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
आयोगले सार्वजनिक पदाधिकारीहरूले गैरकानुनी रूपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
आयोगले भ्रष्टाचार वा अरु अपराध गरेर सम्पत्ति कमाउने पदाधिकारीका विषयमा पनि उजुरी दिन भनेको छ ।

