सर्लाही, ३१ बैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार गुणस्तर प्रमाणित नभएका केही खाद्य उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी गरेको छ ।
विभागका अनुसार यशोधा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो । परीक्षणका क्रममा यी उत्पादनमा अनिवार्य मापदण्डअनुसार आवश्यक एक्स्ट्र्याक्टेड फ्याट एसिड भ्यालु नपाइएको विभागले जनाएको छ ।
यस्तै, सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तर परीक्षणमा अनुत्तीर्ण भएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको विभागले स्पष्ट पारेको छ ।

