सर्लाही, ३१ बैशाख । विपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।
स्थगन गर्दै पटकपटक बैठक राखिए पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।
