सर्लाही, ०१ जेठ ।  सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

यही २८ वैशाखमा बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी न्यौपाने सदस्य रहेका छन् ।

सरकारले समितिलाई पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको जनाएको छ ।

समितिले अध्ययनपछि आवश्यक निष्कर्ष र सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *