सर्लाही, ०३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरी आगामी वर्षको बजेट ल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएको छ । 

आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेलाई बजेटका सुझाव पेस गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको हो ।

महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सिर्जना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न, रोजगारी सिर्जना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ ।  । 

अर्थमन्त्रीसमक्ष सुझाव पेस गर्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघले हालै सार्वजनिक गरेको ‘६ स्तम्भ, ६० पहल’सहितको साझा राष्ट्रिय रूपरेखाले सरकारकै नीति तथा कार्यक्रमलाई सहयोग गर्ने उल्लेख गर्दै विप्रेषण र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने हुँदा रुपान्तरणकारी बजेट आउनेमा निजीक्षेत्र आशावादी रहेको धारणा राखे ।

अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको संरचनागत सुधार गर्नेगरी रुपान्तरणकारी बजेट आउने बताए । उनले सरकार निजीक्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पार्दै महासंघको प्रतिनिधिमण्डललाई आशावादी रहन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *