सर्लाही, ०३ जेठ । महोत्तरीको लोहरपट्टी नगरपालिका क्षेत्रमा अवस्थित धार्मिकस्थल गेरुकाधाम मा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ ।

धार्मिक आस्था तथा परम्पराअनुसार भक्तजनहरूले गेरुका नदी तथा पवित्र कुण्डमा स्नान गरी पूजा–आराधना गरेका छन् ।

विशेषगरी मिथिला क्षेत्रका साथै छिमेकी भारतबाट समेत आएका श्रद्धालुहरूले स्नानपछि भगवान विष्णुको मन्दिरमा पूजा अर्चना गर्दै सुख, शान्ति तथा मोक्ष प्राप्तिको कामना गरेका थिए ।

धार्मिक मान्यताअनुसार गेरुकाधाममा स्नान गरे पाप नाश हुने तथा पुण्य लाभ प्राप्त हुने विश्वास रहिआएको छ ।  

आजको स्नान अवसरमा साधुसन्त, महन्थ तथा स्थानीय भक्तजनको सहभागितामा भजन–कीर्तन, झाँकी तथा धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

मेला व्यवस्थापन समितिका अनुसार श्रद्धालुहरूको सुविधाका लागि खानेपानी, सुरक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।

गेरुकाधाममा विशेषगरी अधिकमास तथा धार्मिक अवसरहरूमा ठूलो मेला लाग्ने परम्परा रहँदै आएको छ। यहाँ प्रत्येक वर्ष धार्मिक स्नान तथा पूजापाठका लागि हजारौं भक्तजन पुग्ने गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *