सर्लाही, ४ जेठ । रास्वपाका सांसदका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ।

सांसदद्वयले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

अहिले एमालेका सांसदहरू गुरु बराल, ऐन महर, मोहम्मद इतियाक राईलगायत सांसद उठे। सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरू उठिरहेका छन्।

एमालेका सांसदहरू उठेर निरन्तर विरोध जनाएपछि सभामुखले सांसद महरलाई बोल्न समय दिए।

उनले संसद्मा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गरेको भन्दै आपत्ति जनाए। संसद्मा अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूले अभिव्यक्ति भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *