सर्लाही, ०५ जेठ । रास्वापाका सांसद डा.अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्मा चर्को विरोध गरेका छन् । परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले तोरिहेको भन्दै उनले नीति कार्यक्रममाथिको छलफलमा पनि त्यो देखिएको बताए ।
परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन । बजेटमाथिको छलफलमा अर्थमन्त्री जहिले पनि बस्ने चलन छ,’ बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थिप्रति असन्तुष्ट उनले भने, ‘पराष्ट्रमन्त्रीले बजेट बनाउने होइन ।
म रेकर्डको लागि मात्रै यो बोल्दै छु । सबै परम्परा भत्काउँदै गइयो भने संसद्को औचित्य, संविधानको औचित्य सकिन्छ।’उनले सरकारसँग प्रश्न गरिने र त्यसको सम्बोधन सरकारले गर्नुपर्ने बताए ।
‘म पाँचपटक सांसद भएँ । २० वर्षको कार्यकालमा म पहिलोपटक देख्दैछु, अर्थमन्त्रीबिनै बजेटमाथि छलफल चलिरहेको छ। यो कस्तो परम्परा हो ?’ उनले प्रश्न गरे, ‘नयाँको नाममा सबै चिज भत्काउने होइन ।
त्यसो हो भने सिंहदरबार भत्काउ, प्रधानमन्त्री पद, मन्त्री पद सबै भत्काउँ । सबै चेन्ज गरौँ!’ जति व्यस्त भए पनि छलफल एक-दुई दिन चल्ने भएकाले अर्थमन्त्रीको अनुपस्थित औचित्यपूर्ण नभएको उनको भनाई थि यो।
‘जति व्यस्त भए पनि छलफल एक-दुई दिन चल्ने हो, अर्थमन्त्रीको अनुपस्थित औचित्यपूर्ण हुनुपर्छ । जति व्यस्थ भए पनि उपस्थित हुनुपर्छ,’ उनले भने, ‘अति भएपछि म बोलेको हो ।’
नीति कार्यक्रममा मधेसको विषय केही पनि नदेखिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘बजेटमा मधेसमा केही पनि देखिएन। मधेसमा राणाकालदेखिको हुलाकी राजमार्ग छ ।
त्यस विषयमा एकशब्द पनि नीति कार्यक्रममा लेखिएको छैन,’ उनले भने, ‘रास्वपालाई भोट मधेसले धेरै दियो, तर त्यहाँका मुद्दा सुनुवाई भएन । मधेस विस्फोटको अवस्थामा छ । यसरी राज्य चल्दैन । ’
