सर्लाही, ०५ जेठ । सभामुख डोलप्रसाद अर्यालले हर्कराज साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदलाई संसदको मर्यादा पालना गर्न चेतावनी छन् ।

बुधबारको संसद् बैठक शुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुख अर्यालले राईलगायत उनका सांसदलाई संसद्को नियमाली सम्झाउँदै यस्तो चेतावनी दिएका हुन् । 

सभामुख अर्यालले बस्न अनुरोध गरे पनि साम्पाङसहितका सांसदले पालैपालो पर्चा पढ्दै संसद्को सर्वोच्चता कायम राख्न र सरकार संसद्प्रति उत्तरदायी बन्नु पर्ने भन्दै विरोध गरेका थिए । 

त्यसपछि सभामुख अर्यालले चेतावनीसहति संसद्को मर्यादा कायम राख्न भनेका हुन् ।

‘माननीय सदस्य हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीयहरुले नियमित रूपमा संसदको मर्यादाविपरीत संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार गर्ने गरिरहेकाले म माननीय सदस्यहरूलाई  प्रतिनिधिसभा नियमवाली २०७९ को नियम ३० बमोजिम आफ्ना क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिन्छु’, अर्यालले भने ।

त्यसपछि पनि अर्यालले साम्पाङलाई बोल्नको लागि समय दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *