सर्लाही, ०८ जेठ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताउनुभएको छ ।

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताउनुभएको हो ।

प्रधानमन्त्री संसदमा आउदा तपाईलाई दवाव बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफुलाई कुनै दवाव नभएको बताउनुभयो ।

उहाले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दवाव भने आफुलाई हुने गरेको उल्लेख गर्नुभयो ।

सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *