काठमाडौं, ८ जेठ । भारतको बेंगलुरुबाट राजधानी दिल्ली आइरहेको एयर इन्डियाको जहाज एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगो लागेको छ। 

यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। विमानमा १६० यात्रु थिए।

एयर इन्डियाले विज्ञप्ति जारी गरी भनेको छ, ‘दिल्लीमा अन्तिम अवतरणका क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागी भएको संकेत पाएका थिए । 

चालक दलले सबै मानक सञ्चालन प्रक्रिया पालना गरे र विमानलाई दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराए। सबै यात्रु र चालक दल सुरक्षित छन् र सामान्य रूपमा विमानबाट बाहिर निस्किएका छन्।’

एयर इन्डियाले घटनाबारे तुरुन्तै अनुसन्धान थालिने पनि बताएको छ। अनुसन्धान सम्बन्धित नियामक अधिकारीहरूसँगको समन्वयमा गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *